बन्दको कारण थाहा पाउनु भो ? इतिहासमै पहिलो पटक भयो यस्तो

काठमाडौं, २८ कात्तिक । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकामा भाडाका सवारी साधन चलेका छैनन् । प्रेस अस्पताल दूध तरकारी वोक्ने सवारी साधन भने निर्वाध चलेका छन् ।
काठमाडौं, २८ कात्तिक । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकामा भाडाका सवारी साधन चलेका छैनन् । प्रेस अस्पताल दूध तरकारी वोक्ने सवारी साधन भने निर्वाध चलेका छन् ।

वन्दमा अप्रिय घटना हुनसक्ने भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यकामा जर्वजस्ती बन्द गराउन खोज्ने नेकपा माओवादीका पचास भन्दा बढि कार्यकर्तालाई प्रहरीले विहानै नियन्त्रणमा लिएको छ ।

इतिहासमै नभएको बन्दको कारण
बन्दको कारण थाहा पाउनु भो ? इतिहासमै पहिलो पटक भयो यस्तो
माओवादीले आजको बन्दका लागि देखाएको कारण भने अनौठो छ । विभिन्न राजनीतिक र उग्रमाग राखेर बन्द गर्ने बानी परेको माओवादीले अहिले बन्द गर्नुको कारण भने खाद्यसँग सम्बन्धित छ । यो कुनै राजनीतिक नभएर असाध्यै अमुर्त मुद्धा हो । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताए । नेपालको इतिहासमै खाद्य सम्प्रभुताका लागि बन्द आह्वान गरिएको यो पहिलो पटक हो ।

माओवादीले खाद्य सम्प्रभुता सँगै महंगी कालोबजारी र भ्रष्टाचार नियन्त्रणको माग राख्दै बन्द आब्हान गरेको हो । ‘हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं, पुनले भने, ‘जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।’

अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष जनताको बाध्यकारी भएको पुनको धारणा थियो ।

‘वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,’ उनले भने ।

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.