अबैध यौन सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने क्रम बढ्दो,२४ घण्टा नबित्दै सोलुमा अर्काे मृत शिशु भेटियो
ङ्ग पहिचान भएको शिशुको शव भेटिएको थियो । शिशुको शवलाई उठाएर प्रहरीले मोष्टमार्टमका लागि फाप्लुस्थित जिल्ला अस्पताल लगेको छ । मृत शिशु नै जन्मिएर फालिएको हो वा जिबित जन्माएर हत्या गरी फालेको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । सालनालसहित भेटिएको शिशुको शारीरिक अंग पूर्णरुपमा विकास भइसकेकाले महिना पुगेर नै जन्मिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर शिशु कस्ले जन्माएर फालिन् भन्नेबारे खुलेको छैन । यदि सामान्य अबस्थामा शिशुको जन्म भइ मृत्यु भएको भए फोहोरको डंगुरमा शव कसैले नफाल्ने भन्दै अबैध सम्वन्धबाट नै शिशुको जन्म भइ हत्या गरी फालेको हुनसक्ने स्थानीयको ठहर छ । सोलुखुम्बुमा पछिल्लो समय अबैध यौन सम्बन्धबाट शिशु जन्माइ हत्या गरी फाल्ने क्रम बढ्दै गएको छ । बिबाहित महिलाहरु नै परपुरुषसंगको यौन सम्बन्धबाट गर्भ बोकी शिशु जन्माइ हत्या गरेर फाल्ने अपराधमा संलग्न देखिएका छन् । यस्तै अपराधमा तिङ्लाकी ३६ वर्षीया बिना भुजेल, सोताङ ९ लगुवा की २७ वर्षीया कमला बिक, चौरीखर्क ५ फाक्दीङकी २० वर्षीया सोना डोमा शेर्पा अहिले सजाय काटिरहेका छन्

