 
– मिन दर्लामी
उहिले उहिले पति मरेपछि पत्नी पनि पतिसँगै सती (चितामा जल्नुपर्ने) जानुपर्ने प्रथा थियो रे भन्ने सुनिएको थियो । तर, अहिले नेपालमा प्रचण्ड सरकारले सुजाता कोइरालालाई दिने भनिएको ५० लाख काण्डले पूरानो स्वास्थ्य नीति परिवर्तन गरी नयाँ नीति बनाएर मन्त्रिपरिषदमा पेस गरेका स्वास्थ्यमन्त्री गगन थापालाई बलिको बोको बनाएर प्रचण्डसँगै सति जान बाध्य बनाईदै छ यो दुःखद घट्ना हो । यत्रतत्र सर्बत्र बिरोध भएपछि माननीय सुजाता कोइरालाले ५० लाख लिनुभन्दा अब ५० लाख चाँहिदैन म मेरो उपचार खर्च आफ्नै आयस्रोतबाट गर्दछु भनेर बक्तब्य निकालेर उदाहरणीय काम गरे सुजाताले जनताको वाही वाही पाउने छिन् । सुजाताले यो महानतम् काम बेलैमा सोचे भोलिको दिन आफ्नो र पार्टीको लागि राम्रो हुने थियो ।
हाम्रो देशमा हरेक ठाउँमा पेलेरै जाने प्रबृति अहिलेको नभई सदियौदेखि चलिआएको नालायकी विकृत संस्कार हो । हिजो जस्तो प्रबृति थियो आज पनि त्यही र त्यस्तै प्रबृतिलाई निरन्तरता दिइएको छ । जनताको एक एक पसिनाको थोपाबाट सँगालिएको राज्यको ढुकुटीबाट मनपरी खर्च गर्ने यो संस्कारलाई जरैदेखि उखेल्नको लागि माननीय स्वास्थ्यमन्त्री गगन थापाले प्रयास गरेका छन् र नयाँ स्वास्थ्य नीति बनाएर मन्त्रिपरिषदमा पेश गरेका छन । तर, त्यो निती लागु नहुँदै सदैब अनेक बहानामा खाना पल्किएका निबर्तमान, बहालवाला र वर्तमान प्रचण्ड सरकारका स्वाँठ ब्वाँसाहरूले ५० लाखको काण्ड मच्चाएर जनस्तरमा आफ्नो पहिचान बनाउन सफल र ३ करोड जनताले आशा गरिएका गगन थापालाई पनि आफूसँगै चितामा सती लैजाने प्रयास गरेका छन् ।
सामाजिक सञ्जालमा लेखिएका लेखहरू, गगन थापाका नाममा बिभिन्न पत्रपत्रिकामा छापिएका खुल्ला पत्रहरू हेर्दा लाग्छ गगन थापासँग कति जनताको बिश्वास र भरोस रहेछ भन्ने । नेपालमा एउटा नराम्रो कुंसस्कार नै बस्यो जस्ले गर्दा राम्रा काम गर्नेहरूलाई वा देश र जनताको लागि केही गर्छु भन्ने ब्यक्तीलाई कसरी हुन्छ असफल बनाउने खेलहरू रचिएका हुन्छन । गगन थापा जसको जनताले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ र पूर्ब झापादेखि सुदूरपश्चिमका कुना काप्चामा रहेका बिपन्न गरिब जनताहरू सिटामोल नपाएर उपचार बिना मर्नुपर्ने छैन, स्वास्थ्य उपचार गर्न नसकेर हस्पिटलको छतबाट कसैले हामफालेर मर्नपर्ने छैन र सबैले समान स्वास्थ्य उपचार पाउने छन भनेर सबै शुभ चिन्तक समर्थक र बिपक्षीले पनि ठूलो आशा गरेका थिए । तर, मन्त्रालय सम्हालेको ३ महिना नहुँदै गगनलाई असफल बनाउने ठूलो खेल खेलिएको छ ।


