पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव

काठमाडौं, २० मंसिर ।  पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

अमेरिकी अनुसन्धानकर्ताले २ सय ७० जना पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग गरेका थिए जसमा जम्मा ४ जनाका श्रीमतीले मात्रै अनुसन्धानका क्रममा गर्भधारण गरेका थिए ।

यस इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावकारी मानिएको छ । विगत २० वर्षदेखि पुरुष गर्भनिरोधक साधनका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले कुनै पनि साइड इफेक्टबिनै पुरुषमा शुक्राणु उत्पादन कम गर्नेबारे खोज गरिरहेका छन् । newsabhiyan

पुरुषमा शुक्राणु उत्पादन लगातार हुने गर्दछ भने वीर्यमा हुने झण्डै साढे १ करोड शुक्राणुलाई घटाएर १० लाख प्रतिमिलिलिटरसम्म ल्याउन हार्मोन आवश्यक हुन्छ ।

अध्ययनमा संलग्न पुरुषलाई ८ हप्तासम्म प्रोजेस्टेरोन तथा अर्को एक प्रकारको टेस्टोस्टेरोन हार्मोन दिइएको थियो भने ६ हप्तासम्म निगरानीमा राखिएको थियो । फलस्वरुप उनीहरुको वीर्यमा शुक्राणुको संख्या घटेर १० लाख प्रति मिलिलिटर पुगेको थियो ।

गर्भनिरोधक सुईको प्रयोग रोकेपछि उनीहरुमा शुक्राणुको उत्पादन पहिलेकै अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।

पुरुष गर्भनिरोधक सुईको उत्पादनका लागि यो अध्ययन सहयोगी भएको भन्दै अनुसन्धानकर्ताले अझै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
स्राेत : बिबिसी

- See more at: http://newsabhiyan.com.np/news-details.php?nid=53686#sthash.LqireCo9.dpuf

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.