युवतीसँग ‘तपाईंको यौनांग वरिपरिको रौँ कस्तो भन्दा
निश्चय पनि सोधिने व्यक्ति रिसाएर अगाडि बढ्छ । तर, बेलायतको ब्रिस्टोल युनिभर्सिटीका दुई छात्राले दर्जनौँ युवतीसँग यस्ता प्रश्न सोधिसकेका छन् । र, जवाफ पनि पाइरहेका छन् ।
यस्तो प्रश्न सोध्ने छात्रा हुन्, एलेक्स हिल र जेस सार्टनेयर । खास गरी, महिलाको गुप्तांग वरिपरिको रौँलाई अवाञ्छित वस्तुका रूपमा समाजले लिने गर्छ ।
यस्तो परम्परा तोड्न महिला नै अग्रसर हुनुपर्छ भन्ने मान्यतामा विश्वास गर्दै युवतीहरूसँग यस्तो प्रश्न खुलेआम सोध्ने गरेको उनीहरू बताउँछन् ।
बाटोमा भेटिने युवतीहरूसँग उनीहरूले सोध्ने एउटा प्रश्न हुन्छ, ‘तपाईंको गुप्तांग वरिपरिको रौँको बनोट कस्तो छ ?’
यति भनेर उनीहरूले कलम र ड्रइङ पेपर तेर्साउने गर्छन् । र, प्रश्न सोधिएका युवतीले गुप्तांगवरिपरि रहेको रौँको बनोटलाई चित्रमा उतार्ने गर्छन् ।
यस्ता चित्र उनीहरूले सामाजिक सञ्जालमा अप्लोड गरेपछि उनीहरू अहिले चर्चाको विषय बनेका छन् । शुक्रबारबाट

