केपी ओली मधेस झरेपछि यस्तो देखियो माहोल, एकाएक उर्लियो जनसागर -
देशव्यापी रुपमा सञ्चालन भइरहेको अभियान अहिले तराईका जिल्लामा केन्द्रीत छ । महोत्तरी, जनकपुर, सिरहा लगायतका जिल्ला अभियान सञ्चालन भइरहेका बेला यो अभियान शनिबार उदयपुर पुगेको छ ।
तराईका जिल्लामा संविधानबिरुद्ध मधेसी जनतामा फिजाइएको भ्रम हटाउने र पार्टीको उपस्थितिलाई सशक्त बनाउने लक्ष्यअनुरुप उदयपुर पुगेको अभियानमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेता सहभागी भएका छन् ।
uml-udayapur
अभियानका क्रममा मध्य क्षेत्रको भित्री मधेस मानिने उदयपुरको कटारीमा शनिवार आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गरे । उनको सम्बोधन सुन्न हजारौंको संख्यामा जनमानस उपस्थित थियो । गाउँ गाउँबाट जनसागर कटारी पुगेको थियो ।
सम्बोधनमा के भने ओलीले ?
ओलीले मधेसकाबिरुद्ध पहाड र पहाडकाविरुद्ध मधेस, तथा एक जातिविरुद्ध अर्काे जातिलाई भड्काएर नेपालको एकता र विकास रोक्ने शक्ति सक्रिय रहेको बताउँदै एमालेले सबै जाति, क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने भन्दै सबैलाई एकतावद्ध बनाएर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बताए ।
वर्तमान अवस्थामा संविधान संशोधन भए पनि देश र जनताको शीर झुक्ने काम हुनै नसक्ने भन्दै एमाले संविधान संशोधनको बाधक नभएको तर संविधान संशोधन गर्ने नाममा देशको शीर झुकाउने र जनताको शीर निहुरिने काम कदापी हुन नदिने बताए ।
संविधान संशोधन गरेर देश बिखण्डन गर्ने जातीय र क्षेत्रीय नाममा मधेस र पहाडलाई टुक्राटुक्रा पार्ने काम एमालेले गर्न नसक्ने उनको भनाइ थियो । ‘वर्तमान अवस्थामा देशमा संविधान कार्यान्वयन गर्नु आवश्यक छ, समयमा निर्वाचन गर्नु आवश्यक छ, यो बाटो खुलाउनुपर्छ,’ उनले भने ।
आफू सरकारमा हुँदा चीनसँग नेपाल जोड्ने र पुर्व पश्चिम रेलवेको सम्झौता तथा अवधारणा ल्याएको स्मरण गर्दै नेता ओलीले आफूहरू अहिले सरकार बाहिर रहेतापनि चीनसँग भएका सम्झौता कार्यान्वयनमा दबाब दिने बताए ।
महाअभियोगमा साग नदिए कांग्रेस पत्तासाफ हुन्छः नेता नेपाल
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमानसिंह कार्कीले पद र अधिकार दुरुपयोग गरेका कारण एमालेसहितका दलले कार्कीलाई महाअभियोग लगाएर हटाउन संसद्मा प्रस्ताव ल्याएको बताए ।
महाअभियोग प्रस्ताव बुहमतबाटै पारित हुने र यसमा नेपाली काँग्रेसले खुट्टा कमाउन नहुने उनको भनाइ थियो । ‘लोकमानविरुद्धको महाअभियोगमा खुट्टा कमाए देश र जनताबाट नेपाली काँग्रेसको पत्तासाफ हुन्छ,’ उनले भने ।
कार्यक्रमलाई एमालेका केन्द्रीय सचिव भीम आचार्य, जगन्नाथ खतिवडा र बलदेब चौधरी तथा सांसद इच्छाराज तामाङलगायतले सम्बोधन गरेका थिए ।
ishwor-pokhrel
पुससम्मका लागि ४ महिने जागरण अभियान तय गरेर एमालेले नेता कार्यकर्तालाई देशब्यापी परिचालन गरेको छ । आफू नेतृत्वको अघिल्लो सरकारले लिएको नीति र अगाडि सारेका कार्यक्रम र नयाँ संविधानले दिएका अधिकारलाई जनताबीच पुर्याउने भन्दै एमालेले अभियान घोषणा गरेको थियो ।
तराईमा जनमत गुमाएका मधेसकेन्द्रित दलहरुको मोर्चाले एमालेलाई मधेस विरोधी पार्टी भएको आरोप लगाउँदै आएका छन् । तर, एमाले नेतृत्वको अघिल्लो सरकारले तराई केन्द्रित विशेष कार्यक्रम सहितको बजेट ल्याएपछि र अहिलेको अभियान सञ्चालन भएपछि पुरै जनलहर एमालेको पक्षमा देखिएको छ ।
तराईका हरेक जिल्ला सदरमुकामका लागि ५० करोड रुपैयाँ र भित्री सडक स्तरोन्नति गरी रिङरोड चलाउने, विपन्न आवास र सिंचाइका ठूला कार्यक्रममा एमाले सरकारले बजेट छुट्याएपछि तराईमा एमालेको लहर बढ्न थालेको हो ।
यसअघि छठ पर्वका अवसरमा जनकपुरमा गरेको एमालेको सभामा पनि मधेसी समुदायको ठूलो उपस्थिति थियो । कैलाली, सिरहा, बीरगञ्ज र सप्तरीमा भएका अभियानमा महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु सहभागी भइरहेका छन् ।
- See more at: http://www.dainiknepal.com/2016/11/192984.html#sthash.HjD37Fb8.dpuf

