राष्ट्रपतिलाई सेनाबाट ‘विफ्रिङ’, राष्ट्रिय स्वार्थविपरित जानेलाई नछाड्ने! -
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्दै नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अच्छुर्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्बोपरी राखी कार्य गर्दै आईरहेको बताए ।
कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी, रणनीति तथा भावी कार्य योजना सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतिकरण पश्चात राष्ट्रपति भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिँदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । उनले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई पुरा गर्न निर्देशन समेत दिइन् ।
उक्त कार्यक्रममा राष्ट्रपति कार्यालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्दको उपस्थिति रहेको थियो ।

