स्तन क्यान्सरका लक्षणहरु र क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्ने सम्भावना उच्च रहन्छ । समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन् । ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सर जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ ।
क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तन क्यान्सरको परीक्षण सजिलै गर्न सकिन्छ । नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउन स्तनको अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्ता लगाउन बायोप्सी, सिटिस्क्यान, एमआरआई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थिको बायोप्सी आदि परीक्षणहरू गराउन सकिन्छ । म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गर्न सकिन्छ । २० वर्षसम्मको उमेरमा परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने । २०–३९ वर्षको उमेरमा प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।
स्तन क्यान्सरका लक्षणहरु
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
स्तन वा स्तनको मुन्टोको आकार परविर्तन हुनु । जस्तै ः रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।
स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै रातो, सफा वा पहेँलो, हरीयो अथवा पीपजस्तो आउनु, स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु, गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु । तर सबै गिर्खाहरू क्यान्सर भने होइनन् ।
उपचार तथा निदान
स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ । यद्यपी क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापी विधिद्वारा यसको उपचार गरिन्छ । क्यान्सर उत्पादनमा सहयोगी हार्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ । यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसन गरि क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ ।
स्थानीय उपचारजस्तै विकिरण र शल्यक्रियाबाट रोगग्रस्त भागको वरपिर उपचार गरिन्छ भने केमोथेरापीले सम्पूर्ण शरीरमा उपचार गर्छ । प्रायः महिलालाई मिश्रति उपचार प्रभावकारी हुन्छ । प्रथम, द्वितीय, तृतीय अवस्थाको स्तन क्यान्सरको उपचारको लक्ष्य भनेको क्यान्सर निको पार्ने र दोहोरनि नदिनुनै हो । चौथो अवस्थाको क्यान्सर उपचारको लक्ष्य लाक्षणिक उपचार र आयु लम्बाउने खालको हुन्छ । अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन । अक्युपञ्चर, मसाज, हर्वलथेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाइ र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ ।
वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न नसकिएपनि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो

