सांसदले यस्तो देखाए पछि सनसनी
 
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए ।
तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन । सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाएका हुन् । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे ।
गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । एजेन्सी
- See more at: http://newsabhiyan.com.np/news-details.php?nid=512#sthash.pEiV8159.dpuf


