चिनजान हुनासाथ यौनसम्पर्क गरिहाल्नु राम्रो हो कि होइन ?

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पहिलो भेटमै यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएजस्तो लागेको मैले महसुस गरेको छु । हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं, तर अहिले उनी कम मात्रामा नजिक आएको महसुस भैरहेको छ ।

यौनसम्पर्कले उनलाई अप्ठेरो पारेजस्तो लाग्छ । मैले सुनेको छु, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन, तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । एकान्त वातावरण र टाढाको यात्रामा निस्कन चाहन्नन् । म उनीप्रति असाध्यै आकर्षित छु र उनैलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति कुनै शंका गरेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्वन्धका लागि यौन सम्पर्कमै पुगिहाल्नु नराम्रो नै हुन्छ ?

अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैन, तर पछिल्लो समय बिर्घम यङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालिन गुणस्तरीय सम्बन्धमा असर पार्छ । उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही लामो समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन ।

त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि राम्रै हुने प्रतिक्रिया दिएका छन । बाँकी प्रतिक्रिया नगण्य छन् । अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक–पटकका डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ ।

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.