सुजातालाई ५० लाख दिने विषयमा यसो भने स्वास्थ्यमन्त्री गगन थापाले -

केही समयअगाडि व्यवस्थापिका–संसद्को अर्थ समितिले उपचार खर्च मनपरी नबाँड्न निर्देशन दिँदै कार्यविधि बनाएर मात्र बा“ड्न सरकारलाई निर्देशन दिएको थियो ।
सोही आधारमा स्वास्थ्य मन्त्रालयले एक साताअगाडि नै कार्यविधिको संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरे पनि अहिलेसम्म छलफलसमेत भएको छैन । स्वास्थ्य मन्त्रालयको कार्यविधिमाथि सरकारले छलफल गरी पारित गरेर त्यसैका आधारमा उपचार खर्च गर्नुपर्नेमा विधिभन्दा बाहिरबाट निर्णय भएपछि यसको विरोधसमेत भएको छ । स्वास्थ्यमन्त्री थापाले मन्त्रिपरिषद्को यस निर्णयले राज्यकोषको दुरुपयोगलाई संस्थागत गरेको भन्दै विरोध जनाए ।
‘विशिष्ट व्यक्तिहरू स–साना रोग लाग्दा पनि राज्यकोषको दुरुपयोग गरेर विदेश जाने प्रचलन रोक्न कार्यविधि बनाइयो, जुन आज (आइतबार) कै मन्त्रिपरिषद्को पहिलो कार्यसूची थियो, त्यसलाई रोकेर जथाभावी उपचार खर्च दिनु राम्रो होइन,’ मन्त्री थापाले भने, ‘यसले राज्यकोषको दुरुपयोग गर्ने कुरालाई संस्थागत गरेको छ ।
- See more at: http://nepalpati.com/news/37386/swastha-mantri#sthash.bn7hSiAl.dpuf

